कम्पनीको परिचय
साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिएर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बनेको हो । साविक तीन वटै कम्पनीहरु एक आपसमा गाभिनको लागि नेपाल बीमा प्राधिकरणबाट मिति २०८०।०१।१३ गते, नेपाल धितोपत्र बोर्डबाट मिति २०८०।०१।१९ गते र कम्पनी रजिष्टारको कार्यालयबाट मिति २०८०।०१।२० गतेमा अन्तिम स्वीकृती प्राप्त भएको थियो । कम्पनीले मिति २०८०।०१।२६ गते देखि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाममा एकिकृत कारोवार प्रारम्भ गरेको हो । कम्पनीको दर्ता नं. १००३/०६३/६४ रहेको छ भने कम्पनीमा प्रतिष्ठित व्यवसायिक समूहहरु खेतान ग्रुप, शंकर ग्रुप, खेतान ग्रुप, गोल्छा ग्रुप, दुगड ग्रुप, गाडिया ग्रुप, जगदम्बा ग्रुप लगायतका उद्योगपति, व्यापारी, ब्यवसायी, उच्चपदस्थ व्यक्ति तथा संस्थाहरुको लगानी रहेको छ ।