उद्देश्य तथा दृष्टी
कम्पनीको दृष्टिकोण (Vision of Company)
 
जीवन बीमाको विकासको लागि निरन्तर प्रयत्नशिल रहने, जीवन बीमाको माध्यमबाट जीवनको सुरक्षा र सुनिश्चितताको लागि आम नागरिकहरुलाई शिक्षित तथा प्रशिक्षित गर्ने, जीवन बीमाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, नविन प्रविधिको उच्चतम प्रयोग गरी कम्पनीको जीवन बीमाको सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउदै लैजाने रहेको छ ।

कम्पनीको लक्ष्य (Mission of Company)
 
कम्पनीलाई जीवन बीमा क्षेत्रको स्थापित एवं अब्बल कम्पनी बनाउने र जीवन बीमाका उपभोक्ताहरुलाई उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको भरोसा, सन्तुष्टि र छनौटको उपयुक्त कम्पनी बनाउने लक्ष्य रहेको छ ।

 

कम्पनीको उद्धेश्य (Objective of Company)
 
आम मानिसहरुलाई जीवन बीमाको दायरामा समेट्नको लागि उपयुक्त प्रकारका बीमा योजनाहरु ल्याउने, बीमितहरुलाई बीमाको माध्यमबमट सुरक्षा र सुनिश्चितताको प्रत्याभुति प्रदान गर्ने, बीमा व्यवसायबाट प्राप्त लगानीलाई उचित प्रतिफल प्राप्त हुने क्षेत्रहरुमा लगानी गर्ने र कम्पनीको बीमित तथा शेयरधनीहरुको लागि उचित रुपमा प्रतिफल प्रदान गर्ने लक्ष्य रहेको छ ।